logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • उर्जामन्त्री खड्का र सचिव आचार्यबीच कार्यसम्पादन सम्झौता

    उर्जामन्त्री खड्का र सचिव आचार्यबीच कार्यसम्पादन सम्झौता

    1.8K
    SHARES
    उर्जामन्त्री खड्का र सचिव आचार्यबीच कार्यसम्पादन सम्झौता

    काठमाण्डौ ।उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र उर्जा सचिव सुरेश आचार्यबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुलुकको उर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी बनाउन आइतबार उर्जा मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता भएको हो ।



    सम्झौता कार्यक्रममा उर्जामन्त्री खड्काले केही आयोजना ढिलो निर्माण हुँदा राज्यले ठूलो नोक्सानी व्यहोर्नु परिरहेकाले समयमै आयोजना सम्पन्न गर्न सबै आयोजना प्रमुखले पहल गर्नुपर्ने बताए ।

    उनले उर्जा क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने विषय आम जनतामाझ बुझाउन जरुरी रहेको उल्लेख गरे । ुकेही व्यक्तिमात्र सक्षम भएर मुलुकको विकास हुँदैन, तल्लो तहका मानिसलाई धनी हुनेगरी कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ,ु मन्त्री खड्काले भने।

    उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले देश विकासका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको महत्त्वपूर्ण भूमिका भएकाले इमानदार भएर काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले विपद्को सामना गरिरहेको मुलुकलाई समृद्ध बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए ।

    मन्त्रालयका सचिव सुरेश आचार्यले उर्जा क्षेत्रको विकासका लागि तत्काल र दीर्घकालीन योजनालाई बुँदागत रुपमा कार्यान्वयनमा लैजानुपर्ने बताए । सम्झौतामा उर्जा क्षेत्रको विकासका लागि बाधक ऐन कानूनलाई समयानुकुल परिमार्जन गर्दै आयोजनालाई समयमै सम्पन्न गर्ने विषय समावेश गरिएको सचिव आचार्यले जानकारी दिए । रासस


    अर्थ चाैतारी
  • सोमबार, २१ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट