logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • दशैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

    दशैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

    1.1K
    SHARES
    दशैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

    काठमाण्डौ । यस वर्षको दशैँका टीका लागाउने उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । सनिबार बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चांग निर्णायक विकास समितिले जानकारी दिएको छ।



    दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्। दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन्।

    यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ। शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ।

    टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने छ। मान्यजनबाट टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट