logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर उडानमा लगाएको रोक हटायो

    नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर उडानमा लगाएको रोक हटायो

    1.5K
    SHARES
    नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर उडानमा लगाएको रोक हटायो

    काठमाण्डौ । नेपाल नागरिक उड्ययन प्राधिकरणले वर्षा मौसममा हेलिकप्टरका लागि उडानमा लगाएको रोक हटाएको छ। वर्षा मौसममा हेलिकप्टर उडान असुरक्षित हुने कारण जनाउँदै प्राधिकरणले उडान सेवामा रोक लगाएको थियो।



    प्राधिकरणका अनुसार नेपालबाट यसवर्षको मनसुन बाहिरि सकेकाले उडान सुरक्षाका हिसाबले हेलिकप्टर उडानमा लगाइएको रोक हटाइएको हो।

    अब हेलिकप्टर उडान सेवा प्रदायक कम्पनीले नियमित उडानका अतिरिक्त माउण्टेन फ्लाइट, स्लिङ फ्लाइ र पुष्प वर्षाका लागि समेत उडान भर्न पाउनेछन् ।

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले नियमित मालबाहक उडान, यात्रु उडान र काठमाडौं उपत्यकाभित्रको उडानका लागि सिधै इजाजत दिनेछ। नुवाकोटको सूर्य चौरमा गत २३ साउनमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेपछि सुरक्षाको कारण जनाउँदै प्राधिकरणले उडानमा रोक लगाएको थियो।


    अर्थ चाैतारी
  • शनिबार, ३ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट