logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • आयल निगमले बाढीपीडितका लागि गर्‍यो तीन करोड सहयोग

    आयल निगमले बाढीपीडितका लागि गर्‍यो तीन करोड सहयोग

    1.9K
    SHARES
    आयल निगमले बाढीपीडितका लागि गर्‍यो तीन करोड सहयोग

    काठमाण्डौ । नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापना गर्नका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ।



    नेपाल आयल निगमले असोज दोस्रो साता अविरल वर्षासँगै गएको बाढी पहिरोबाट पीडित भएकाहरूका लागि तीन करोड रुपैयाँ सहयोग गरेको हो । निगमले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा सो बराबरको रकम सहयोग गरेको हो ।

    निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले उक्त रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार हस्तान्तरण गरेका छन् । सो क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र निगम सञ्चालक समितिका सदस्यहरूको समेत उपस्थिति थियो ।

    निगम सञ्चालक समितिको सो बराबरको रकम हस्तान्तर गर्ने निर्णय बमोजिम उक्त रकम हस्तान्तरण गरिएको निगमका प्रवक्ता पूर्ण रिजालले जानकारी दिए ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट