logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • काठमाण्डौका ३ ठाउँमा नेपाल र बङ्गलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण

    काठमाण्डौका ३ ठाउँमा नेपाल र बङ्गलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण

    1.4K
    SHARES
    काठमाण्डौका ३ ठाउँमा नेपाल र बङ्गलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।



    फाइनल खेलको प्रत्यक्ष प्रसारण टुँडिखेल, चावहिल फुटबल ग्राउन्ड र सानो गौचरन ९हाँडीगाउँ० बाट प्रत्यक्ष प्रसारण गरिने काठमाण्डौ महानगरले जनाएको छ । यी तीन ठाउँमा एलईडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण हुनेछ ।

    यो खेल हेर्न धेरैलाई चाहना भएको तर खेलमैदानमै पुगेर हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन भएकाले खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि तीन ठाउँमा व्यवस्था मिलाएको महानगरले जनाएको छ ।

    नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्नका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आज बिहानदेखि काठमाण्डौको भद्रकाली र ललितपुरको जावलाखेलबाट टिकट बिक्री गरेको थियो । तर टिकट सकिएको भन्दै लाइनमा बसेकाहरूले नाराबाजी गरेका थिए । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल बेलुकी साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

    यसैबीच एन्फाले सूचना निकालेर दशरथ रङ्गशाला लैजान नपाइने वस्तुहरूबारे जानकारी गराएको छ । रङ्गशालामा बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिला हातहतियार र वा औजार लैजान पाइने छैन ।

    यस्तै चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ, ठूला झोला, हेल्मेट, विना अनुमतिका ब्यानर, झण्डा, पोस्टर, पानी वा अन्य कुनै पेय पदार्थका बोतल वा क्यान, लेजर लाइटर, छाता, लिपिस्टिक, नेलकटर, कैची, काइयो लगायतका वस्तु लैजान पाइने छैन ।

     


    अर्थ चाैतारी
  • बुधबार, १४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट