logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • तरकारी खेतीबाटै वार्षिक छ लाख कमाइ

    तरकारी खेतीबाटै वार्षिक छ लाख कमाइ

    1.3K
    SHARES
    तरकारी खेतीबाटै वार्षिक छ लाख कमाइ

    पाल्पा । गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा छन् ।



    रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ ।

    बाल्यावस्थादेखि नै खेतीकिसानीमा मातापितालाई साथ दिएका उनी हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बनेका छन् । उनले छ रोपनी जग्गामा लटरम्म काउली, गोलभेँडा फलाएका छन् । उनले छ रोपनी जग्गामध्ये तीन रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेका छन् ।

    पाँच वर्षअघि गौतम कृषि फर्म दर्ता गरी व्यवसाय सुरु गरेका उनी वार्षिक रूपमा छ लाख रुपैयाँ बराबरको आम्दानी गर्दै आएको बताउँछन्। बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेको उनले बताए । बजारको चिन्ता छैन, उत्पादन हुनुपर्छ, व्यापारी घरमै आउँछन्, आकर्षक आम्दानी हुनेरहेछ, उनले भने ।

    वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोचका साथ खेती थालनी गरेको उनले बताए । उनले ‘टनेल’भित्र र बाहिर खेती गरेका छन् ।

    टनेलभित्र उत्पादन धेरै हुने गरेको उनले बताए । युवालाई प्रोत्साहन गर्दै यस व्यवसायका लागि रामपुर नगरपालिकाले ब्याज अनुदान कार्यक्रममा समावेश गरी दुई वर्षसम्मका लागि आठ लाख रकम ब्याज अनुदान उपलब्ध गराएको छ।

    सबैको साथ र हौसला पाएकाले उनी खेती विस्तार गर्न उत्साहित देखिन्छन् । सरकारले युवाहरूलाई स्वरोजगार बनाउन प्रोत्साहनमूलक कार्यक्रमहरू ल्याउनुपर्ने उनको माग छ । रासस


    अर्थ चाैतारी
  • शुक्रबार, १६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट