काठमाण्डौ । तिहारको बेला सरकार कार्यालयहरु बन्द छन् । निजी संघ संस्थामा समेत तिहार बिदा दिइएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश बैंकले आफ्नो केहि शाखाहरु खुला राख्ने भएका हुन् । यो वर्ष आज अर्थात् कात्तिक १५ गतेदेखि १९ गते सोमबारसम्म तिहार बिदा छ ।
तिहारको बेला बैंकिङ्ग संस्था थप हुँदा सर्वसाधारणलाई पर्ने समस्याहरुलाई ध्यानमा राखि बैंकहरुले सेवा प्रदान गर्ने भएका हुन् । बिदाका दिन समेत बैंकिङ्ग संस्थाले सेवा दिदा सर्वसाधारणको समस्या समाधान गर्ने सकिने विश्वास बैंकहरुले लिएका छन् ।
अर्थ चाैतारी ।