logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ३ वटा वायुको प्रभावले वर्षा हुने सम्भावना

    ३ वटा वायुको प्रभावले वर्षा हुने सम्भावना

    1.4K
    SHARES
    ३ वटा वायुको प्रभावले वर्षा हुने सम्भावना

    काठमाण्डौ । आज पनि तीनवटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।



    विभागका अनुसार हाल देशभर पश्‍चिमी र स्थानीय वायुका साथै बंगलादेश र भारतको आसामको आकाशमा विकसित न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव छ।

    आज दिउँसो कोशी र वागमतीका केही, गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका पहाडी इलाकाका १-२ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगका थोरै तथा बाँकी उच्च पहाडी तथा हिमाली इलाकाका १-२ ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।

    आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगका १-२ ठाउँमा हल्का वर्षा एवं उच्च पहाडी र हिमाली इलाका १(२ स्थानमा हल्का हिमपात हुने सम्भावना छ।


    अर्थ चाैतारी
  • आइतबार, १८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट