logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • जुवाको खालबाट नगद नौलाखसहित १५ जना पक्राउ

    जुवाको खालबाट नगद नौलाखसहित १५ जना पक्राउ

    1.2K
    SHARES
    जुवाको खालबाट नगद नौलाखसहित १५ जना पक्राउ

    धरान । बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु।नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।



    जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ ।

    निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ । रासस


    अर्थ चाैतारी
  • आइतबार, १८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट