logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • वैदेशिक रोजगारीमा २८ लाख ठगीः काठमाण्डौबाट २ जना पक्राउ

    वैदेशिक रोजगारीमा २८ लाख ठगीः काठमाण्डौबाट २ जना पक्राउ

    1.5K
    SHARES
    वैदेशिक रोजगारीमा २८ लाख ठगीः काठमाण्डौबाट २ जना पक्राउ

    काठमाण्डौ । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा काठमाण्डौबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।



    दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङको गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका हुन्।

    अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीनजना पीडितबाट रु १९ लाख ७० हजार र पराजुलीले रु आठ लाख १७ हजार ठगेका प्रहरीले जनाएको छ।

     

    पक्राउपछि अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। रासस


    अर्थ चाैतारी
  • आइतबार, २५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट