logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • कामना सेवा विकास बैंकको वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

    कामना सेवा विकास बैंकको वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

    1.3K
    SHARES
    कामना सेवा विकास बैंकको वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

    काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत सोमवार वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । कर्जा, बचत तथा बैंकिङ सेवा सुविधा जस्ता विषय सम्वन्धी ज्ञान प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।



    बैंकको कर्मचारीहरुको उपस्थितीमा उक्त प्रभातफेरी कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर देखि मैतीदेवी मन्दिर, डिल्लीबजार, नक्साल भगवती मन्दिर हुँदै पुनः बैंकको केन्द्रीय कार्यालय सम्म भएको थियो । यस प्रभातफेरी कार्यक्रमको माध्यमबाट समुदायका सदस्यहरुलाई वित्तीय व्यवस्थापन र आर्थिक अवसरहरुको बारेमा बुझ्न मद्दत पु(याउने बैंकले विश्वास लिएको छ ।

    उक्त कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागिय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दैछ ।


    अर्थ चाैतारी
  • सोमबार, २६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट