काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले भोलि कात्तिक २९ गते ३०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिस्टर्ड कार्यालय अमिर भवन, कमलादी, काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको छ ।
सभाले गत आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समितिको अनुमोदन गर्नेछ ।
अर्थ चाैतारी ।