logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • मर्जरका लागि जोडि खोज्दै फरवार्ड माइक्रोफाइनान्स, १४ प्रतिशत लाभांश दिने

    मर्जरका लागि जोडि खोज्दै फरवार्ड माइक्रोफाइनान्स, १४ प्रतिशत लाभांश दिने

    962
    SHARES
    मर्जरका लागि जोडि खोज्दै फरवार्ड माइक्रोफाइनान्स, १४ प्रतिशत लाभांश दिने

    काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ मर्जरमा जाने भएको छ । कुनै संस्थासँग एक आपसमा मर्ज तथा प्राप्तिका सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान दिने गरी लघुवित्तले एजेण्डा अघि सारेको हो ।



    लघुवित्त सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मर्जर र लाभांश प्रस्ताव पारित गर्न मंसिर २८ गते सुनसरीमा बिहान ११ बजे १२औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    लघुवित्तको सभाले गत आर्थिक वर्ष २०८१/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको १३.३९ प्रतिशतका दरले १४ करोड ३ लाख ८९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७३ लाख ८८ हजार रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    यस्तै, सभाले लघुवित्तको पुँजी वृद्धिसँगै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदनसँगै आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।


    अर्थ चाैतारी
  • सोमबार, ३ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट