logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेशनल लघुवित्तले एफपीओ जारी गर्ने, साधारणसभा आह्वान

    नेशनल लघुवित्तले एफपीओ जारी गर्ने, साधारणसभा आह्वान

    1K
    SHARES
    नेशनल लघुवित्तले एफपीओ जारी गर्ने, साधारणसभा आह्वान

    काठमाण्डौ । नेशनल लघुवित्तले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । संस्थाको साधारणसभा आगामी मंसिर २४ गतेअरनिको पार्टी प्यालेस, बनेपा-५, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।



    सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ।

    साथै, सभामा बोनस सेयर विरण पश्चात कायम पुँजीबाट ७ लाख ६५ हजार ३७७.६४ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ ।

    सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर १८ गतेबाट २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १७ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र सभामा भाग लिन पाउनेछन् ।


    अर्थ चाैतारी
  • सोमबार, ३ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट