logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • डिप्रोक्स लघुवित्तको सवा १ लाख बढी कित्ता सेयर असार १६ बाट लिलामीमा राखिने

    डिप्रोक्स लघुवित्तको सवा १ लाख बढी कित्ता सेयर असार १६ बाट लिलामीमा राखिने

    2.7K
    SHARES
    डिप्रोक्स लघुवित्तको सवा १ लाख बढी कित्ता सेयर असार १६ बाट लिलामीमा राखिने

    काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सवा १ लाख बढी कित्ता सेयर असार १६ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री गरिने भएको छ।



    संस्थाको १ लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गरिने भएको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै इच्छुक योग्य अन्य जोकोही व्यक्ति तथा संगठित संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र असार २३ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट