logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अप्पर सोलु हाइड्रोको आईपीओ पहिलो दिनै २ गुणा बढीले ओभरसब्सक्राइब्ड

    अप्पर सोलु हाइड्रोको आईपीओ पहिलो दिनै २ गुणा बढीले ओभरसब्सक्राइब्ड

    1.8K
    SHARES
    अप्पर सोलु हाइड्रोको आईपीओ पहिलो दिनै २ गुणा बढीले ओभरसब्सक्राइब्ड

    काठमाण्डौ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै २ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।



    यो कम्पनीले आज असार २० गतेदेखि सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो।

    कुल कित्तामध्ये सामूहिक लगानी कोष ९७ हजार ८७५ कित्ता (५ प्रतिशत) र ३९ हजार १५० कित्ता (२ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १८ लाख २० हजार ४७५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा ३ लाख ४१ हजार ८३५ आवेदकबाट कुल ४० लाख ९ हजार ७९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.२० गुणाले बढी हो।

    मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनैमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द असार २३ गते हुनेछ। अप्पर सोलु हाइड्राको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट