logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ठुलो खोला हाइड्रोपावरको ११ लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित

    ठुलो खोला हाइड्रोपावरको ११ लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित

    871
    SHARES
    ठुलो खोला हाइड्रोपावरको ११ लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित

    काठमाण्डौ । ठूलो खोला हाइड्रोपावरको दोस्रो बार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको हो ।



    सभाबाट संचालक समिति सदस्यमा युवा उर्जा उद्यमी धिराज कार्की निर्वाचत भएका छन् । सभाबाट संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०–८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०–८१ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

    यस्तै, चालु आव २०८१-८२ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने र संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

    यसका साथौ सभामा संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधाहरु तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरुको पहिचान गरी लगानी गर्न संचालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ ।

    कम्पनीले माग्दी जिल्लाको रघुगंगा गाउँ पालिका–८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना २०८२ को बैशाख महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट