logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सिभिल लघुवित्तद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम सम्पन्न

    सिभिल लघुवित्तद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम सम्पन्न

    2K
    SHARES
    सिभिल लघुवित्तद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम सम्पन्न

    काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले आज असार २१ गते आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ।



    वित्तीय संस्थाले स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयहरुमा छात्राछात्रहरुलाई शैक्षिक सामग्री वितरण, समुदायमा डस्टबिन वितरण तथा सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गरी १० औँ वार्षिकोत्सव मनाएको हो। वित्तीय संस्थाको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको ढुंखर्कमा दन्त तथा महिला स्वास्थ्य शिविर सञ्चालन गरेकोमा उक्त कार्यक्रमबाट करिब १५० जना लाभान्वित भएका छन्।

    यसैगरी संस्थाले विभिन्न शाखा कार्यालयमार्फत विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा अध्यनरत करिब ७०० जना छात्राछात्रलाई शैक्षिक सामग्री वितरण गरेको छ। यसै क्रममा संस्थाले रुपन्देही जिल्लाको कञ्चल गाउँपालिकामा डस्टबिन वितरण तथा सरसफाई कार्यक्रमसमेत आयोजना गरेको छ। संस्थाले स्थापना भएको १० वर्षको अवधिमा देशका ३४ जिल्लामा ७५ शाखा कार्यालयमार्फत करिब ७० हजार घरपरिवारमा लघुवित्त सेवा पुर्याउन सफल भएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २१ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट