logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आइतबार हुँदैछ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

    आइतबार हुँदैछ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

    884
    SHARES
    आइतबार हुँदैछ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

    काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड गर्ने मिति तय भएको छ । माघ ६ गते आइतबार आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।



    कम्पनीले पौष २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेकोमा १९ लाख भन्दा धेरै आवेदकले आवेदन दिएका थिए।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको थियो । जसमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरूका लागि, ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट