logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अप्पर सोलु हाइड्रोको आईपीओ साढे ९ गुणाले ओभरसब्सक्राइब्ड

    अप्पर सोलु हाइड्रोको आईपीओ साढे ९ गुणाले ओभरसब्सक्राइब्ड

    1.7K
    SHARES
    अप्पर सोलु हाइड्रोको आईपीओ साढे ९ गुणाले ओभरसब्सक्राइब्ड

    काठमाण्डौ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म साढे ९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।



    यो कम्पनीले गत असार २० गतेदेखि सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज असार २३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये सामूहिक लगानी कोष ९७ हजार ८७५ कित्ता (५ प्रतिशत) र ३९ हजार १५० कित्ता (२ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी १८ लाख २० हजार ४७५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

    सीडीएससीका अनुसार आज बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा १५ लाख १८ हजार ५३१ आवेदकबाट कुल १ करोड ७३ लाख ५९ हजार ७६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९.५३ गुणाले बढी हो।

    मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनैमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। अप्पर सोलु हाइड्रोको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, २३ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट