logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड, साढे ४ हजारलाई १ लाख १४ हजार कित्ता

    आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड, साढे ४ हजारलाई १ लाख १४ हजार कित्ता

    1.1K
    SHARES
    आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड, साढे ४ हजारलाई १ लाख १४ हजार कित्ता

    काठमाण्डौ । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरिएको छ । निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार कम्पनीको ऋणपत्र आइतबार बाँडफाँड गरिएको हो ।



    कम्पनीले माघ ९ गतेदेखि १३ गतेसम्म ३० करोड रुपैयाँको ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८८’ ऋणपत्र जारी गरेको थियो । कम्पनीले प्रतिइकाइ १ हजार रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र जारी गरेको थियो । जसमध्ये १८ करोडको ऋणपत्र परिपत्र विधिबाट र १२ करोडको ऋणपत्र सर्वसाधारणका लागि जारी गरेको थियो ।

    कम्पनीको परिपत्र बिधिमार्फत जारी गरिएको ऋणपत्रमा ३ लाख कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ । कम्पनीले समानुपाति रुपमा १ लाख ८० हजार कित्ता ऋणपत्र बाँडफाँड गरिएको कम्पनीको भनाइ छ ।

    यस्तै, सर्वसाधारणतर्फ सामूहिक लगानी कोषको लागि छुट्याइएको ६ हजार कित्ता बाँडफाँड गरी बाँकी रहेको १ हजार १४ हजार कित्ता ऋणपत्र बिक्री खुला गरिएका थियो । उक्त ऋणपत्रका लागि ७ हजार २४७ जना आवेदकबाट ६ लाख ३१ हजार ३५७ कित्ता ऋणपत्रको लागि आवेदन परेको कम्पनीले जनाएको छ ।

    स्वीकृत विवरणपत्रमा भएको व्यवस्थाअनुसार गोलाप्रथा विधिद्वारा ४ हजार ५६० जना आवेदकलाई १ लाख १४ हजार कित्ता ऋणपत्र बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । ७ वर्ष अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर ९ प्रतिशत तोकिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २० माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट