logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • कुन स्थानीय तहको कार्यसम्पादन कस्तो ? हेर्नुहोस् सबै स्थानीय तहको रिपोर्ट

    कुन स्थानीय तहको कार्यसम्पादन कस्तो ? हेर्नुहोस् सबै स्थानीय तहको रिपोर्ट

    858
    SHARES
    कुन स्थानीय तहको कार्यसम्पादन कस्तो ? हेर्नुहोस् सबै स्थानीय तहको रिपोर्ट

    काठमाण्डौ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ । आयोगको मूल्यांकनमा स्थानीय तहहरूमा डडेल्धुुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट पालिका बनेको छ । ७५३ स्थानीय तहमध्ये अमरगढी ८१.७ अंक ल्याउँदै देशकै सबैभन्दा उत्कृष्ट पालिका बनेको हो ।



    अमरगढीपछि उत्कृष्ट हुने पालिकामा इलामको सुर्योदय नगरपालिका रहेको छ । सुर्योदयले ८०.२ अंक प्राप्त गरेको हो । यसैगरी गाउँपालिकातर्फ स्याङ्जाको कालीगण्डकी गाउँपालिका, धादिङको नेत्रावती डबजोङ गाउँपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकालगायत कार्यसम्पादन उत्कृष्ट देखिएका छन् ।

    आयोगले कार्यसम्पादनका आधारमा प्रदेश र स्थानीय तहका लागि राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा रोयल्टी बाँडफाँट, सशर्त अनुदानको आधार एवं आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गर्छ । कार्यसम्पादन चित्त नबुझेमा एक हप्ताभित्र पुनरावलोकनका लागि निवेदन दिन पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

    हेर्नुहोस् रिपोर्ट


    अर्थ चाैतारी
  • शनिबार, ३ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट