logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • मङ्सिर २७ देखि गौतमबुद्ध कप

    मङ्सिर २७ देखि गौतमबुद्ध कप

    • GP Paudel
    • बिहिबार, २५ मंसिर २०७७
    2.2K
    SHARES
    मङ्सिर २७ देखि गौतमबुद्ध कप

    नेपाल ज्योति-भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

    वाग्मती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता सुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् ।

    प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक वाग्मती प्रदेश क्रिकेट संघले प्रतियोगितामा सहभागिता जनाउने तीन वटा टोलीको नाम सार्वजनिक गरेको हो ।

    प्रतियोगितामा टिम वाग्मती, टिम नारायणी र टिम राप्तीले सहभागिता जनाउने संघका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।


    GP Paudel
  • बिहिबार, २५ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट