महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई ट्री गार्ड हस्तान्तरण

  • January 5, 2022
images

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बाँसगढी नगरपालिकालाई ट्री गार्ड हस्तान्तरण गरेको छ । बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नगरपालिकालाई बर्दियास्थित महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका लागि भन्दै १० वटा ट्री गार्ड प्रदान गरेको हो ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा बिभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

images

images