logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • मानुषी लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण

    मानुषी लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण

    2.5K
    SHARES
    मानुषी लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण

    काठमाण्डौ। मानुषी लघुवित्त वित्तीय संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ। मानुषी लघुवित्तले एक कार्यक्रम आयोजना गरी दोलखाको नाम्दु–६ वैतेश्वरस्थित वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो।



    कार्यक्रममा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिनुका साथै वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको थियो। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको मानुषी लघुवित्तले जनाएको छ।

    संस्थाको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको छ। चालु आर्थिक वर्षमै आईपीओ निष्कासन गरेको संस्थाले देशभरि ३४ शाखाहरुबाट १४८ कर्मचारीमार्फत सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट