logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सिभिल लघुवित्तद्वारा ऋणीको बीमा दाबी रकम भुक्तानी

    सिभिल लघुवित्तद्वारा ऋणीको बीमा दाबी रकम भुक्तानी

    1.6K
    SHARES
    सिभिल लघुवित्तद्वारा ऋणीको बीमा दाबी रकम भुक्तानी

    काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्थाको पर्सास्थित विरुवागुठी शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । लघुवित्तले पर्सा जिल्ला पर्सागढी न.पा. वडा नं.४, भेडहा टोलमा रहेको केन्द्र नं. ५८ कि सदस्य श्रीमती अलमुन नेसाको श्रीमान् शेख अलाउदिनको मृत्यू पश्चातनिज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।



    सदस्य अलमुन नेसाले संस्थाबाट एक लाख २० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ३० हजार समेत फिर्ता गरी जम्मा रकम ५५ हजार निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए । संस्थाले आफना ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट