logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • अभियान लघुवित्तको शेयर भाेली बिहान ९ बजे बाँडफाँट हुने, ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने

    अभियान लघुवित्तको शेयर भाेली बिहान ९ बजे बाँडफाँट हुने, ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने

    2.5K
    SHARES
    अभियान लघुवित्तको शेयर भाेली बिहान ९ बजे बाँडफाँट हुने, ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने

    काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर साउन ३० गते (सोमबार) बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटको कार्यलय नक्सालमा सोमबार बिहान ९ बजे शेयर बाँडफाँट हुने भएको हो ।



    पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आइपीओमा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको छ । यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३.७० गुणा बढी हुन आउँछ ।

    लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयर मध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

    लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने छन् । हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।


    अर्थ चाैतारी
  • आइतबार, २९ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट