logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सहकारी संस्थालाई एक साताभित्र वित्तीय अवस्था सार्वजनिक गर्न विभागको निर्देशन

    सहकारी संस्थालाई एक साताभित्र वित्तीय अवस्था सार्वजनिक गर्न विभागको निर्देशन

    1.7K
    SHARES
    सहकारी संस्थालाई एक साताभित्र वित्तीय अवस्था सार्वजनिक गर्न विभागको निर्देशन

    काठमाण्डौ । सहकारी विभागले घाटामा सञ्चालित सहकारी संस्थाहरुले नाफामा सञ्चालन नहुन्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोषको रकम वितरण नगर्न निर्देशन दिएको छ।



    विभागले सञ्चालकहरुको सुविधा कटौती गर्ने, मितव्ययिता अपनाएर निश्चित प्रतिशतले प्रशासनिक खर्च घटाउने, बिना योजना खोलिएका वा घाटामा चलेका शाखा वा सेवा केन्द्रहरु बन्द गर्ने उपायहरु अवलम्बन गर्न पनि सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ। विभागले सहकारीलाई दीर्घकालीन स्रोत सुतिश्चित नगरी कर्जा लगानी नगर्न समेत भनेको छ। कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यवसायमा लगानी गर्ने र स्थीर सम्पत्तिहरुमा सकेसम्म कर्जा लगानी नगर्न भनेको छ।

    विभागले प्रत्येक सहकारी संघ संस्थाका सञ्चालक समिति र व्यवस्थापकले एक हप्ताभित्र र त्यसपछि मासिन रुपमा सेयर पुँजी, जगेडा कोष, कूल सम्पत्ति, कूल बचत, लगानीमा रहेको कर्जा, कूल सेयर संख्या, कूल ऋणी सदस्य, तरलता रकम र प्रतिफल, कूल संस्थागत पुँजी र विभिन्न कोषहरुको जम्मा रकम सार्वजनिक सूचनामार्फत् जानकारी गराउन भनेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट