logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मेगा बैंकले ल्याएकाे ‘मेगा म्याजिक मुद्दति योजना’ अन्तर्गत ६ गुणासम्म प्रतिफल पाइने

    मेगा बैंकले ल्याएकाे ‘मेगा म्याजिक मुद्दति योजना’ अन्तर्गत ६ गुणासम्म प्रतिफल पाइने

    2K
    SHARES
    मेगा बैंकले ल्याएकाे ‘मेगा म्याजिक मुद्दति योजना’ अन्तर्गत  ६ गुणासम्म प्रतिफल पाइने

    काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकमाझ ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दति योजना’ ल्याएको छ।



    मेगा बैंकको यस नयाँ योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खाता खोल्ने ग्राहकले ७६ महिनादेखि १९६ महिनाभित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् भने संस्थागत मुद्दति खाता खोल्ने ग्राहकले ९३ महिनादेखि १८५ महिनाभित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्। त्यसैगरी रेमिट्यान्स मुद्दति खाता खोल्ने ग्राहकले ७० महिनादेखि १८० महिनाभित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्।

    बैंकको यो म्याजिक मुद्दति निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दति खाता खोल्ने ग्राहकहरुले रु. १ लाखदेखि माथि र संस्थागत मुद्दति खाता खोल्ने ग्राहकहरुले रु. ५ लाखदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधिअनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ। यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ। आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई मुद्दति खाता खोली यस योजनाबाट लाभान्वित हुन ग्राहकलाई मेगा बैंकले आग्रह गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट