logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ग्लोबल आइएमई बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा

    ग्लोबल आइएमई बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा

    2.5K
    SHARES
    ग्लोबल आइएमई बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा

    काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुआत गरेको छ। यो सेवाको सुरुआतसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन्।



    यस संगै ग्राहकहरुले नयाँ खाता खोल्न लगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन। नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरु प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने बैंकले जनाएको छ। बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसी अझ प्रभावकारी हुनेछ भन्ने बैकले विश्वास लिएको छ।

    यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहकहरु, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाईसी सेवामार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्नेछन्। मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट