logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • टेलिकमले ल्यायो भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक, कति पर्छ मूल्य ?

    टेलिकमले ल्यायो भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक, कति पर्छ मूल्य ?

    1.8K
    SHARES
    टेलिकमले ल्यायो भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक, कति पर्छ मूल्य ?

    काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । बुधबारदेखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध हुनेछ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरू क्रमश रु. २५९ मा र रु. ७५९ मा उपलब्ध रहेको कम्पनीका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिए ।

    एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज खरिद गर्नका लागि आफ्नो मोबाइलबाट एस्ट्र 1415 ​ह्याज कि डायल गरी ७ नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।


    अर्थ चाैतारी
  • विहिबार, २ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट