logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट अवरुद्ध हुने, कारण यस्तो छ

    सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट अवरुद्ध हुने, कारण यस्तो छ

    2.4K
    SHARES
    सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट अवरुद्ध हुने, कारण यस्तो छ

    काठमाण्डौ । सीडीएस एन्ड क्लियारिङ (सीडीएससी) का सम्पूर्ण सेवाहरु आज बिहीबार साँझबाट अवरुद्ध हुने भएको छ।



    सीडीएससीले एक सूचना जारी गर्दै आज साँझ ५ः३० बजेबाट सीडीएससीबाट प्रवाह हुँदै आएका सेवाहरु अवरुद्ध हुने जानकारी गराएको हो। सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्‍याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवाहरु अवरुद्ध हुने सूचनामा उल्लेख छ।

    सीडीएससीका अनुसार अधिकतम एक दिनसम्म सेवाहरु अवरुद्ध हुनेछन्। यो अवधिमा मेरो सेयर, सी–आस्बा, वेब सीडीएसी, सीएनएसलगायतका सम्पूर्ण सेवा अवरुद्ध हुने सीडीएससीले जनाएको छ। यो अवधिमा आईपीओ, हकप्रद, ऋणपत्र, म्युचुअल फन्डलगायतका सार्वजनिक निष्कासनमा आवेदन दिन मिल्ने छैन भने ईडीआईएस पनि गर्न मिल्ने छैन।


    अर्थ चाैतारी
  • विहिबार, २ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट