काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघ (एनसीएफ) ले आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरेको वित्तीय रिपोर्टमा महासंघले गत आर्थिक वर्षको असार मसान्तसम्म संस्थाको कुल सम्पती कुल १३ करोड ४५ लाख ३४ हजार ६६३ रुपैयाँ ५६ पैसा रहेको तथ्य पेश गरेको छ ।
यस्तै आर्थिक वर्ष भित्र महासंघको कुल सेयर पुँजी ८४ लाख ८० हजार रुपैयाँ र जगेडा कोषमा ७४ लाख ६१ हजार ९१३ रुपैयाँ ७३ पैसा रहेको जनाएको छ । समीक्षा अवधिमा अन्य विविध कोषमा १० करोड ९४ लाख ७५ हजार १४२ रुपैयाँ ५८ पैसा बचत रहेको समेत महासंघले जनाएको छ । यद्यपि, आर्थिक वर्षको अन्तसम्ममा महासंघको विभिन्न बैंक खाता तथा नगद मौज्दात ६ करोड ४५ लाख ८ हजार ८९६ रुपैयाँ ७२ पैसा रहेको जनाएको छ । ३१९ जना सेयर सदस्य रहेको महासंघमा कुल संस्थागत पुँजी १२ करोड ५४ लाख १७ हजार ५६ रुपैयाँ ५८ पैसा रहेको छ ।

अर्थ चाैतारी ।