logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सामसङले ५० करोड लगानीमा नेपालमै खोल्यो उद्योग

    सामसङले ५० करोड लगानीमा नेपालमै खोल्यो उद्योग

    1.9K
    SHARES
    सामसङले ५० करोड लगानीमा नेपालमै खोल्यो उद्योग

    काठमाण्डौ । सामसङले ८५ इन्चसम्मका टेलिभिजन नेपालमै एसेम्बिलङ गर्ने भएको छ । ५० करोड रुपैयाँको लगानीमा नवलपरासीमा खुलेको उद्योगले नेपालमै सामसङका टेलिभिजन उत्पादन गर्ने भएको हो ।



    कोरियाको बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्सको लगानी रहेको उद्योग बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरे । नवलपरासीमा रहेको उद्योगमा गोल्छा अर्गनाइजेसन मातहत रहेको हिम इलेक्ट्रोनिक्सको समेत लगानी रहेको छ ।

    उद्योगबाट दैनिक १ हजार थानसम्म टेलिभिजन उत्पादन हुने बताइएको छ । शिलान्यासका क्रममा मन्त्री बडूले यो उद्योग स्थापनासँगै प्रत्यक्ष वैदेशिक लगानीमा महत्वपूर्ण उपलब्ध भएको बताए । उनले यस उद्योगको स्थापनासँगै सामसङ ब्रान्डका टेलिभिजन नेपालमै एसेम्बल हुनेमा खुसी व्यक्त गरे ।


    अर्थ चाैतारी
  • बुधबार, ८ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट