logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • गोडरेजको ‘क्यास सरप्राइज’ योजना सार्वजनिक, सामान खरिदमा २६%सम्म छुट

    गोडरेजको ‘क्यास सरप्राइज’ योजना सार्वजनिक, सामान खरिदमा २६%सम्म छुट

    1.6K
    SHARES
    गोडरेजको ‘क्यास सरप्राइज’ योजना सार्वजनिक, सामान खरिदमा २६%सम्म छुट

    काठमाण्डौ । भारतको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यो दसैँतिहारलाई लक्षित गरी गोडरेजको ‘क्यास सरप्राइज’ नामक योजना सार्वजनिक गरेको छ।



    यस योजनाअन्तर्गत ग्राहकले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले यो योजनाको लाभ भदौ ९ गतेदेखि सीमित अवधिका लागि नेपालभरि उठाउन सकिने कम्पनीले जनाएको छ।

    ग्राहकले हरेक गोडरेजको सामानको खरिदमा २६% सम्मका अधिकतम छुट र आकर्षक उपहार पाउन सकिनेछ। फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटका साथै ६ केजीसर्फ एक्सेल म्याटिक वासिङ पाउडर र टप लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटका साथै ३ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पनि पाउन सकिनेछ भने सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा २ केजीसर्फ एक्सेल म्याटिक वासिङ पाउडर पाउनुका साथै माइक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिनेछ।

    त्यस्तैगरी रेफ्रिजेरेटर, एअर कुलर, छोटुकुल, चेस्ट फ्रिजर, एसी र भाइरोसिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ। यसका साथै एसीमा आकर्षक छुट र रु. ४ हजारबराबरको निःशुल्क एसी जडान सुविधा पाउन सकिनेछ। कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।

    नेपालभर गोडरेजको ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ईओएल रहेको छ। सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रबिभवन, हात्तीगाँैडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धरा, जोरपाटी र काठमाण्डौबाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, १० भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट