logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कर्मचारीले अवकाश पछि पाएको रकममा १५ प्रतिशत कर नलगाउन सर्वोच्चको आदेश

    कर्मचारीले अवकाश पछि पाएको रकममा १५ प्रतिशत कर नलगाउन सर्वोच्चको आदेश

    1.9K
    SHARES
    कर्मचारीले अवकाश पछि पाएको रकममा १५ प्रतिशत कर नलगाउन सर्वोच्चको आदेश

    काठमाण्डाै । अवकाश प्राप्त कर्मचारीले प्राप्त गर्ने पेन्सनमा समेत कर लगाउने पूर्ववर्ति सरकारले निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदिएको छ । सर्वोच्चका न्यायधीशद्धय इश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलाशले यस अघि पूर्ववर्ति सरकारका अर्थमन्त्रीको निर्णयलाई रोक लगाइदिएको हो ।



    कर्मचारीले पेट काटेर,आफ्ना भविष्यका लागि अवकाश पछि केही वचत होस भनेर जोगाएको रकममा समेत पूर्व अर्थमन्त्री खतिवडाको वक्रदृष्ट्रि परेको थियो । यस अघि ५ प्रतिशत कर लाग्दै आएकोमा कर बढाएर १५ प्रतिशत बनाइएको थियो । तीन बर्ष अघि युवराज खतिवडा अर्थमन्त्रीमा बहाल हुँदा अवकाश हुँदा पाएको रकममा समेत १५ प्रतिशत कर लगाउने निर्णय भएको थियो । पूर्व अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीले अवकाश पछि पाउने रकमा १५ प्रतिशत रकम कर लगाउने निर्णयलाई मंगलबार सर्वोच्चका न्यायधीशद्धय खतिवडा र सुवेदीको संयुक्त इजलाशले १५ प्रतिशत कर लगाउन नपाउने फैसला गरेको हो ।

    त्यसअघि कर्मचारीको अवकाश भुक्तानीमा ५ प्रतिशतमात्र कर लाग्दै आएकोमा पूर्व अर्थमन्त्री युवराज खतिवडाले १० प्रतिशत बढाएर १५ प्रतिशत कर पुर्याएका थिए । सो निर्णयलाई अदालतले खारेज गरिदिएको हो । जस्को पूर्ण पाठ सार्वजनिक भएको छ । तत्कालीन अर्थमन्त्री खतिवडाको यो निर्णयका विरुद्ध ७५ साल मंसिर १९ गते वेदबहादुर लावती रामवृक्ष मण्डल,बिमकुमार भट्टराई र जिवछप्रसाद यादवसहतिका ४ जनाले फरक फरक रिट दायर गरेका थिए । ती फरक फरक रिटलाई एकै ठाउँमा राखि भएको सुनुवाइमा न्यायधीशद्धय खतिवडा र सुवेदीको संयुक्त इजलाशले पेन्सनमा १५ प्रतिशत कर लगाउन नपाउने फैसला गरेको हो ।

    तत्कालीन अर्थमन्त्री खतिवडाको यो निर्णयका विरुद्ध ७५ साल मंसिर १९ गते वेदबहादुर लावती रामवृक्ष मण्डल,बिमकुमार भट्टराई र जिवछप्रसाद यादवसहतिका ४ जनाले फरक फरक रिट दायर गरेका थिए । ती फरक फरक रिटलाई एकै ठाउँमा राखि भएको सुनुवाइमा न्यायधीशद्धय खतिवडा र सुवेदीको संयुक्त इजलाशले पेन्सनमा १५ प्रतिशत कर लगाउन नपाउने फैसला गरेको हो

     


    अर्थ चाैतारी
  • आइतबार, १२ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट