logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सिटी एक्सप्रेसको दशैँ तिहार योजना सार्वजनिक, बम्परमा ५ तोला सुन

    सिटी एक्सप्रेसको दशैँ तिहार योजना सार्वजनिक, बम्परमा ५ तोला सुन

    1.8K
    SHARES
    सिटी एक्सप्रेसको दशैँ तिहार योजना सार्वजनिक, बम्परमा ५ तोला सुन

    काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार लक्षित अफर सार्वजनिक गरेको छ । यो अफर ६३ दिनसम्म चल्ने छ । अफरको नाम “विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” नाम दिइएको छ ।



    सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार यस “विदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायो” अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने भने कम्पनीमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुनेछैन ।


    अर्थ चाैतारी
  • सोमबार, १३ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट