logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सामसुङले त्रिविका विद्यार्थीहरू प्राविधिक सीपहरूमा तालिम प्रदान गर्ने

    सामसुङले त्रिविका विद्यार्थीहरू प्राविधिक सीपहरूमा तालिम प्रदान गर्ने

    1.7K
    SHARES
    सामसुङले त्रिविका विद्यार्थीहरू प्राविधिक सीपहरूमा तालिम प्रदान गर्ने

    काठमाण्डाै । सामसुङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।



    सामसुङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन ड. शशीधर राम जोशीले समझदारीपत्र आदान प्रदान गरेका हुन् ।

    सामसुङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स,बिग डाटा,कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेटअफ थिङ्स जस्ताप्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ। यसको विश्वव्यापी सीएसआर योजना सामसुङ इनोभेसन क्याम्पसको एक भागको रूपमा काम गर्नेछ। नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने सामसुङ नेपालले जनाएको छ ।

    सामसुङ इनोभेसन क्याम्पस योजना अन्तर्गत यसलाई हेरिएको छ। जसले युवाहरूलाई वास्तविक कार्यगत सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ, साथै उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा पनि सुधार गर्ने सामसङको दाबी छ ।

    सामसुङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ श्रीकेन काङले भने ‘त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी सम्मानित महसुस गरेका छौं । सामसङ इनोभेसन क्याम्पसको यस योजनाबाट हामीले नेपाली युवाहरूलाई श्रम बजारमा प्रवेशको तयारीका लागि प्राविधिक सीपहरू अभिवृद्धि गर्नेछौं । उनीहरूलाई व्यवसायहरूमा उच्च माग भएका र भविष्यमा प्रशस्त सम्भावना भएका प्राविधिक सीपहरूमा तालिम दिनेछौं।’

    यस्तै त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले भने ‘सामसुङ इनोभेसन क्याम्पस योजनाको हिस्सा भएका पाठ्यक्रमहरू- आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स, इन्स्टिच्युट अफ इन्जिनियरिङमा पढाइनेछ। पाठ्यक्रमहरूको लागि छनोट हुन विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र प्रोग्रामिङको ज्ञान हुनुपर्छ।’


    अर्थ चाैतारी
  • मंगलबार, १४ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट