logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • टी-२० विश्वकप ट्रफी भक्तपुर दरबार स्क्वायरमा राखिँदै, आम नागरिकले अवलोकन गर्न पाउने

    टी-२० विश्वकप ट्रफी भक्तपुर दरबार स्क्वायरमा राखिँदै, आम नागरिकले अवलोकन गर्न पाउने

    2.1K
    SHARES
    टी-२० विश्वकप ट्रफी भक्तपुर दरबार स्क्वायरमा राखिँदै, आम नागरिकले अवलोकन गर्न पाउने

    काठमाण्डौ । आम नागरिकको अवलोकनको लागि आईसीसी टी-२० विश्वकपको ट्रफी भक्तपुर दरबार स्क्वायरमा राखिने भएको छ।



    नेपाल क्रिकेट संघ (क्यान)का जनरल म्यानेजर वृतान्त खनालका अनुसार ट्रफी बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकमाझ अवलोकनका लागि खुला राखिने भएको हो।

    युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यसहित ट्रफी सोमबार नेपाल ल्याइएको हो। मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिएको थियो। मंगलबार बेलुका नै क्यानले क्रिकेटसम्बन्धित व्यक्ति र प्रायोजकमाझ ट्रफीसहित गाला डिनर आयोजना गरेको थियो। निसानसँग सहकार्य गरेर आईसीसीले ट्रफी विश्वभर भ्रमण गराउँदै आएको छ।

    विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्‍याइने छ। टी- २० विश्वकपको ट्रफी नेपालमा पहिलोपटक आएको हो। यसअघि २०१९ मा इङ्ग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपको ट्रफी भने नेपालको काठमाडौं र पोखरा पुर्‍याइएको थियो। टी-२० विश्वकपको ट्रफीको टुर जुलाई ८ देखि मेलबर्नबाट भएको हो। अक्टोबर १३ मा अस्ट्रेलियाको जिलङमा पुगेर यो टुर सकिने छ। टी- २० विश्वकप २०२२ अस्ट्रेलियामा १६ अक्टोबरदेखि नोभेम्बर १३ सम्म हुनेछ।


    अर्थ चाैतारी
  • बुधबार, १५ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट