logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • शाओमी नेपालको दशैं अफर, माेबाइल खरिदमा Mi को 4S 65″ काे TV पाइने

    शाओमी नेपालको दशैं अफर, माेबाइल खरिदमा Mi को 4S 65″ काे TV पाइने

    2.4K
    SHARES
    शाओमी नेपालको दशैं अफर, माेबाइल खरिदमा Mi को 4S 65″ काे TV पाइने

    काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ । एक महिना लामो यो #दशैMi क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि #दशैMi लक्कीड्रामा प्रत्यक्ष सहभागी भई #दशैMi क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सक्नेछन् ।



    शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष #दशैMi अफर ल्याएको छ । #दशैMi क्याम्पेन अन्तर्गत एक भाग्यशाली विजेताले Mi को 4S 65″ काे TV, चार जनाले Mi काे 43″ काे TV, र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले बर्ड ३ लाइट, मोसन नाइट लाइट र नेक ब्याण्ड प्रो मध्ये कुनै एक जित्ने मौका पाउनेछन् ।

    यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाने भने, “नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा Mi फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ । दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।”

    यदि कोही पनि नयाँ फोन खरिद गर्ने सोचमा हुउनेछन् भने #दशैMi अफरमा भाग लिइ थुप्रै उपहारहरु जित्ने मौका पाउनुहोस् । अफरहरू भद्र १६, २०७९ देखि आश्विन १४, २०७९ सम्म मान्य हुनेछ । यो अफर दराज र सस्तो डिलमा पनि लागू हुनेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १७ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट