logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • स्मार्ट सेलले ल्यायो फेस्टिभ अफर, सस्तो दरमा भ्वाइस प्याक, डाटा प्याक र एसएमएस प्याक

    स्मार्ट सेलले ल्यायो फेस्टिभ अफर, सस्तो दरमा भ्वाइस प्याक, डाटा प्याक र एसएमएस प्याक

    2.1K
    SHARES
    स्मार्ट सेलले ल्यायो फेस्टिभ अफर, सस्तो दरमा भ्वाइस प्याक, डाटा प्याक र एसएमएस प्याक

    काठमाण्डौ । नेपालीको महान चाड बडादसैँ र तिहार नजिकिँदै गर्दा स्मार्ट सेलले दसैँ–तिहारको अवसरमा दुई नयाँ अफर ल्याएको छ। स्मार्ट सेलले ‘स्मार्ट सेल मेगा मिनेट’ र ‘स्मार्ट सेल विक्ली कम्बो प्याक’ अफर ल्याएको हो। यी अफरमा प्रयोगकर्ताले सबै नेटवर्कमा कल गर्न मिल्ने भ्वाइस प्याक, डाटा प्याक र एसएमएस प्याक सस्तो दरमा प्रयोग गर्न पाउनेछन्।



    स्मार्टटेल नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी हो । जुलाई १, २००८ देखि स्मार्ट सेल नेटवर्कमार्फत दूरसञ्चार सेवाहरु प्रदान गर्दै आएको यस कम्पनीले आफ्नो ग्राहकलाई कम मूल्यमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । देशैभर फैलिएको सबैभन्दा फास्ट ४जी नेटवर्क सबैभन्दा कम मूल्यमा प्रदान गर्दै स्मार्ट सेल मोबाइल डाटा प्रयोगकर्ताहरूको रोजाइमा परेको छ। मोबाइलमा सोसल मिडियाको प्रयोग गर्न देखि अनलाइन गेम खेल्नसम्म, वा वेब सर्फिङ गर्नका लागि सस्तो डाटाका कारण स्मार्ट सेलको लोकप्रियता युवा ग्राहकमाझ लोकप्रिय रहेको छ।

    दसैँ–तिहारको उपलक्ष्यमा स्मार्ट सेलले ‘स्मार्ट सेल मेगा मिनेट’ प्याक ल्याएको छ । यो प्याक खासगरी आफ्ना प्रियजनसँग लामो कुराकानी गर्न रुचाउने ग्राहकका लागि ल्याइएको हो । यो प्याकअन्तर्गत प्रयोगकर्ताले नेपालको जुनसुकै नेटवर्कमा सुपथ मूल्यमा कल गर्न पाउछन् । ‘स्मार्ट सेल मेगा मिनेट’ को थप विवरण निम्नानुसार छन्–

    ‘स्मार्ट सेल मेगा मिनेट’ प्याकको अतिरिक्त स्मार्टटेलले ‘स्मार्ट सेल विक्ली कम्बो प्याक’ पनि ल्याएको छ। यसअन्तर्गत नेपालकै सबैभन्दा फास्ट फोरजी तथा दुईजी नेटवर्कका साथ स्मार्ट सेल प्रयोगकर्ताले अब ७ जीबी डाटाको साथमा ७० मिनेटको टकटाइम, र ७० एसएमएस एक हप्ताका लागि भ्यालिड हुने गरी लिन सक्नेछन् । यो योजना जम्मा रु. १२५ मा लिन सकिनेछ । यस योजनामार्फत स्मार्ट डाटा प्रयोगकर्तालाई भ्वाइस र एसएमएस सेवा प्रयोग गर्न प्रोत्साहित गर्ने कम्पनीको उद्देश्य रहेको छ।

    ‘स्मार्ट सेल विक्ली कम्बो प्याक’को थप विवरण निम्नानुसार छन्–

    यी दुवै योजना भदौ २० गतेदेखि लागू हुनेछन् । स्मार्ट सेल प्रयोगकर्ताले माथि उल्लिखित यूएसएसडी कोडहरु डायल गरी आफूलाई पायक पर्ने कुनै पनि योजना रोज्न सक्नेछन्।


    अर्थ चाैतारी
  • आइतबार, १९ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट