logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा आयोगले लगायो रोक

    कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा आयोगले लगायो रोक

    1.6K
    SHARES
    कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा आयोगले लगायो रोक

    काठमाण्डौ । सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो ।



    मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि अर्थात् गत भदौ २ गतेनै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारे ।

    निर्वाचन आयोगले यसअघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरूमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । कर्मचारीहरूलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लाहरूमा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।

    निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।


    अर्थ चाैतारी
  • सोमबार, २० भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट