logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • एनसेलको ‘एनसेल भोल्टे’ सेवा सञ्चालनमा, हाललाई सामसङ, भिभो र ह्वावेका केही मोबाइलमा उपलब्ध हुने

    एनसेलको ‘एनसेल भोल्टे’ सेवा सञ्चालनमा, हाललाई सामसङ, भिभो र ह्वावेका केही मोबाइलमा उपलब्ध हुने

    1.9K
    SHARES
    एनसेलको ‘एनसेल भोल्टे’ सेवा सञ्चालनमा, हाललाई सामसङ, भिभो र ह्वावेका केही मोबाइलमा उपलब्ध हुने

    काठमाण्डौ । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्रान्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन सुरु गरेको छ।



    दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो। जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ। भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ। ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन्।

    भोल्टे सेवाको सफलता पुर्वक सफ्ट लन्च सम्पन्न गरी एनसेलले भदौ १६ गते बिहीबार देखि व्यावसायिक रुपमा भोल्टे सेवाको सुरुआत गरेको हो। हालको सुरुवाती चरणमा ग्राहकले सामसङका ग्यालेक्सी ए५१, ग्यालेक्सी ए३३ र ग्यालेक्सी ए५३, भिभोको वाई५५, भी२३ र ह्वावेको नोभा ३आई, वाई९ प्राइम २०१९ मा यो भोल्टे सेवा सुचारु गरि यसको फाइदा लिन सक्छन्।

    एनसेलको फोरजी सिम अर्थात यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले एस्ट्रिक्स१७२०१ह्यास डायल गरि एनसेल भोल्टे सेवा सुचारु गर्न सक्छन्। यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्न योग्य हुन्छन्। प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनका लागि मान्य रहन्छ। उल्लेखित मोबाइल सेटहरु प्रयोग गर्ने ग्राहकले मोबाइलको सफ्टवेयरको पछिल्लो संस्करण भने आफ्नो मोबाइलमा इन्स्टल गरेको हुनुपर्दछ।

    व्यावसायिक रुपमा भोल्टे सेवा सञ्चालनमा ल्याई आफ्ना ग्राहकलाई नयाँ प्रविधिमार्फत यसका लाभ प्रदान गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ। यो सेवा देशभर धेरै भन्दा धेरै ग्राहकमाझ पुर्याउन भोल्टे चल्ने ब्राण्ड र मोबाइल सेटका मोडलहरु थप गर्दै जाने एनसेलले जनाएको छ। एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन्। ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ।


    अर्थ चाैतारी
  • सोमबार, २० भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट