logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • एलिकाको दसैँ तिहार अफर, के किन्दा के उपहार?

    एलिकाको दसैँ तिहार अफर, के किन्दा के उपहार?

    1.8K
    SHARES
    एलिकाको दसैँ तिहार अफर, के किन्दा के उपहार?

    काठमाण्डौ । नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले यसपालिको दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।



    एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको अग्रणी निर्माता हो। एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दसैँ र तिहारलाई लक्षित गर्दै ‘दसैँ तिहार मनाऔँ, खुसीमा रमाऔँ’ भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सीजी ब्रान्डको इलेक्ट्रिक केट्टल उपहारस्वरूप प्रदान गरिनेछ।

    यो ग्राहक योजना यही भदौ १३ देखि नै नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ। एलिकाले आफ्ना मूल्यवान ग्राहकहरूलाई चाडपर्वको अवसरमा अफर दिएको यो पहिलो पटक हो। एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ। कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन्। ३ हजार ८ सय कर्मचारीहरूले हरेक वर्ष २०.७ मिलियन हुडदेखि मोटरसम्म उत्पादन गर्दछन्।

    एलिकाको खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ। एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दछ।


    अर्थ चाैतारी
  • बुधबार, २२ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट