logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • ‘रियलमी सी थ्री थ्री’ मोबाइल लञ्च हुँदै, यस्ता छन् विशेषता

    ‘रियलमी सी थ्री थ्री’ मोबाइल लञ्च हुँदै, यस्ता छन् विशेषता

    1.9K
    SHARES
    ‘रियलमी सी थ्री थ्री’ मोबाइल लञ्च हुँदै, यस्ता छन् विशेषता

    काठमाण्डौ । ‘रियलमी जिटी निओ थ्रि टी’को लञ्चसँगै कम्पनीले नयाँ फोन ‘रियअलमी सी थ्री थ्री’ पनि लञ्च गर्ने भएको छ । दुई स्टोरेज कन्फिग्रेसनसहितको यो फोन विभिन्न तीन रंगमा उपलब्ध हुने भएको छ ।



    भारतमा सेप्टेम्बर १२ मा सार्वजनिक हुने यो फोन फोन हाल नेपालमा भने उपलब्ध छैन । भारतमा ८ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध यो फोन नेपालमा केही समयभित्र सार्वजनिक हुँदै छ । आगामी डिसेम्बरमा नेपालमा उपलब्ध हुने फोनको मूल्य १७ देखि २१ हजारसम्म हुनेछ । रियलमीको नयाँ फोनमा ५० मेगापिक्सलको मुख्य क्यामेरासहित ०.३ मेगापिक्सलको रियर (पछाडी)को क्यामेरा रहेको छ भने फ्रन्ट (अगाडी)को क्यामेरा ५ मेगापिक्सलको रहेको छ ।

    ‘बजेट सेग्मेन्ट’अन्तर्गत रहेको यो फोन दुई भेरियन्ट (प्रकार)मा उपलब्ध हुनेछ । ३ जिबी ¥याम तथा ३२ जिबी इन्टरनल स्टोरेज भएको एउटा भेरियन्ट र ४ जिबी ¥याम र ६४ जिबी इन्टरनल स्टोरजको अर्को भेरियन्टमा फोन रहेको छ । दुई भेरियन्टहरुमा स्टोरज र ¥यामबाहेक अन्य फरक भने छैनन् । रियलमीको आधिकारिक वेबसाइटमा ४ जिबी ¥याम र १२८ जिबी इन्टरनल स्टोरेजसहितको फोन उपलब्ध हुने उल्लेख भएतापनि उक्त भेरियन्टको आधिकारिक मूल्य भने तोकिएको छैन् ।

    फोनमा १६.५१ सेन्टीमिटर (६.५ इञ्ज)को एचडी प्लस डिस्प्लेसहित ५ हजार एमएएचको लिथियम आयन ब्याट्री रहेको छ । १० वाटको चार्जिङ हुने फोनमा साइड माउन्टमा फिंगरप्रिन्ट स्क्यानर रहेको छ । रियलमीकाअनुसार फोनमा एन्ड्रोइड–१२ को अपरेटिङ सिस्टम रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २२ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट