logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • दराजको पहिलो मेगा इभेन्टमा नि:शुल्क इन्ट्री, मनोरञ्जनात्मक प्रस्तुती हुने

    दराजको पहिलो मेगा इभेन्टमा नि:शुल्क इन्ट्री, मनोरञ्जनात्मक प्रस्तुती हुने

    2.1K
    SHARES
    दराजको पहिलो मेगा इभेन्टमा नि:शुल्क इन्ट्री, मनोरञ्जनात्मक प्रस्तुती हुने

    काठमाण्डौ । अनलाइन बजार दराजले आफ्नो पहिलो “दराज महोत्सव” घोषणा गरेको छ। भृकुटीमण्डपस्थित गार्डेनमा भदौ २५ गते आयोजना हुने महोत्सवको मुख्य उद्देश्य सबै दराजका ग्राहकहरूसँग प्रगाड सम्बन्ध कायम गर्नु रहेको कम्पनीले जनाएको छ ।



    दराज महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि लिएर अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाको लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ।

    दराज महोत्सवको बारेमा बोल्दै दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले भने, “दराजमा हामी जति जे अभियान गर्छौं, ग्राहकहरुलाई सधैं प्राथमिकतामा राख्ने गरेका छौ र यो महोत्सव पनि अपवाद छैन । दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम रहोस् भन्ने हाम्रो सुरु देखि मनसाय रहेको छ र यो कार्यक्रमले सबै उमेर समूहलाई मध्यनजर गरि विभिन्न गतिविधीहरु समेट्ने प्रयास गरेको छ। धेरै भन्दा धेरै ग्राहकहरुको उपस्थितिको अपेक्षा गर्दै हामीले इन्ट्री पनि फ्री नै गरेका छौ। यति भन्दैमा हामी आशावादी र उत्साहित छौ कि तपाईंहरुको उपस्थितिले यो महोत्सवलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ।” दराज महोत्सवमा सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा र अन्य शीर्ष कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछन् ।


    अर्थ चाैतारी
  • विहिबार, २३ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट