logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • एनसेलले ल्यायो ‘दशैं रिचार्ज बोनस’

    एनसेलले ल्यायो ‘दशैं रिचार्ज बोनस’

    1.6K
    SHARES
    एनसेलले ल्यायो ‘दशैं रिचार्ज बोनस’
    काठमाण्डौ । एनसेलले दशैंको अवसरमा ग्राहकले रिचार्जमा बोनस ब्यालेन्स पाउने गरी ‘दशैं रिचार्ज बोनस’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सकिने एनसेलले जनाएको छ।
    यो योजना मंगलबारदेखि संचालनमा आएको छ। यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिनमान्य रहने रु १० बोनसस्वरुप प्राप्त गर्नछन्। बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ। यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक पटक गरी रु १५० रिचार्ज गरेमा रु २० बोनसस्वरुप प्राप्त गर्छन्। प्राप्त बोनस रकम तीन दिनसम्म मान्य रहन्छ।
    यस्तै, ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी रु २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले रु ४० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् भने यो बोनस रकम सात दिनसम्म मान्य हुन्छ। बोनस प्राप्त गर्न ग्राहकले कुनैपनि माध्यमबाट रिचार्ज गर्न सकिने र प्राप्त बोनस ब्यालेन्समा ग्राहकले एनसेल नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन सकिने जनाइएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट