logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आईएमइपेका ग्राहकले फोनपे क्यूआर मार्फत भुक्तानी गर्दा क्यासब्याक पाउने

    आईएमइपेका ग्राहकले फोनपे क्यूआर मार्फत भुक्तानी गर्दा क्यासब्याक पाउने

    1.4K
    SHARES
    आईएमइपेका ग्राहकले फोनपे क्यूआर मार्फत भुक्तानी गर्दा क्यासब्याक पाउने

    काठमाण्डौ । आईएमईपेका ग्राहकले आईएमइपेको मोबाइल एप्स्मार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढीमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन्।



    भुक्तानी प्रणाली सञ्चालक फोनपे र आईएमईपेका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने गरी सम्झौता भएको हो। सम्झौता पत्रमा आइएमइपेका सिइओ अमोद भट्टराई र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठले हस्ताक्षर गरे। यो योजना असोज ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ।

    कम्पनीका अनुसार नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो। फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित् गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ।

    फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन्।

    एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ। भुक्तानी सेवा प्रदायक आईएमइपे मार्फत विभिन्न किसिमका भुक्तानी तथा किनमेल गर्न सकिन्छ। खल्ती मार्फत मोबाइल रिचार्ज, बिजुली, खानेपानीको महशुल लगायतका थुप्रै सेवाको भुक्तानी तथा किनमेल गर्न सकिन्छ।


    अर्थ चाैतारी
  • मंगलबार, ४ असोज २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट