logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • खल्ती डिजिटल वालेटका ग्राहकले फोनपे क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने

    खल्ती डिजिटल वालेटका ग्राहकले फोनपे क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने

    1.7K
    SHARES
    खल्ती डिजिटल वालेटका ग्राहकले फोनपे क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने

    काठमाण्डौ । खल्ती डिजिटलका ग्राहकले खल्तीको मोबाइल एप्स्मार्फत पहिलोपटक फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढीमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र डिजिटल वालेट खल्तीका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।



    सम्झौता पत्रमा खल्तीका प्रयोगकर्ता विभागका प्रमुख अविनास गुप्ता र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठका बिचमा हस्ताक्षर भएको छ । यो योजना असोज ४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।

    यसैबीच फोनपेले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔँ,नगद छाडौँ, फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजना अन्तरगत हरेक दिन फोनपे क्यूआर गर्ने,फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सकिनेछ ।

    यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङ्गको फोन जित्न सकिनेछ । ग्राहकहरुका लागि यो योजना असोज ४ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ भने मर्चेन्टहरुले कार्तिक १२ गतेसम्म हरेक दिन मोबाईल जित्न सकिने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ४ असोज २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट