logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ३ महिनामा ८ अर्ब ५३ करोडको मोबाइल आयात

    ३ महिनामा ८ अर्ब ५३ करोडको मोबाइल आयात

    2K
    SHARES
    ३ महिनामा ८ अर्ब ५३ करोडको मोबाइल आयात

    काठमाण्डौ । चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल (स्मार्टफोन) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो ।



    विभागले ६ लाख १८ हजार ५२० पिस स्मास्र्टफोन आयात भएको छ । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले १ अर्ब ५९ करोड २२ लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा आयात हुनेमध्ये सबैभन्दा धेरै स्मार्टफोन चीन र भारतबाट आउने गरेको छ ।

    यस अवधिमा चीनबाट ६ अर्ब १८ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको छ । यस्तै, भारतबाट २ अर्ब १२ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात हुँदा जापान, कोरिया, मलेसिया र कुवेत लगायतका देशबाट समेत आयात भएको विभागले जनाएको छ ।​


    अर्थ चाैतारी
  • सोमबार, १४ कात्तिक २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट